गोदावरी नगरपालिकाका वडा अध्यक्षहरु कुचो बोकेर टोलटोलमा
ललितपुर । गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा नगरपालिकाका १४ वटै वडाहरुमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुमा वडा अध्यक्ष सहित स्थानियहरुको सहभागिता कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाका १४ वटै वडाका अध्यक्षहरु बिहानै देखि आफनो -आफनो वडाका विभिन्न क्षेत्रमा पुगेर सरसफाई कार्यक्रममा सहभागि भएका थिए । वडामा रहेका विभिन्न क्लबहरु , नेपाल प्रहरी , विद्यालयका शिक्षक -विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
वडा नम्बर एकमा श्री राज थापा , दुईमा मनोहरु सिलवाल , तिनमा सानुराजा घिमिरे , चारमा सानुभाई नगरकोटी ,पाचँमा मिलन सिलवाल ,छ मा बिष्णुमान महर्जन ,सातमा मथुरा प्रसाद शर्मा ,आठमा सुक बहादुर लामा ,नौ मा आत्मराम थापा, दश मा शेखर न्यौपाने ,एघारमा निलबहादुर देशार, बाह्रमा जगत बहादुर महर्जन, तेह्रमा भास्कर थापा र चौधमा निरज बज्रचार्यले नेतृत्व गरेका थिए ।
नगरपालिकाले फागुन सत्ताईस गते आफनो स्थापनाको आठौं दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाउदैछ ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया