Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

डा. प्रकाशशरण महतले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्न विष्णु पौडेलको माग


काठमाण्डौ । नेकपा एमालेले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्न सुझाव दिएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न सुझाव दिएका हुन् ।

उनले विनियोजन विधेयकमाथि सदनमा छलफल गर्नुको कुनै औचित्य नै नभएको बताए । यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गरेकामा हाल नयाँ अर्थमन्त्री नियुक्त भएको स्थितिमा पनि यसलाई तदअनुरुप बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले विनियोजन विधेयकमा पुरानै धरातलको निरन्तरता भएको बताए । विश्व विकास परिवेशलाई मध्यनगर गरेर बजेट आउनुपर्ने पौडेलको भनाइ छ ।

त्यस्तै माओवादी केन्द्रका सांसद एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायमा आधारित समाजवाद निर्माणको आधार तय हुने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई संशोधन गर्न आग्रह गरे ।

त्यस्तै रास्वपाका सांसद डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न सुझाब दिए । अर्थ मन्त्रालयले १४ फागुनमा विनियोजन विधेयक, २०८१ का सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेको थियो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode