Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

समाजवादी मोर्चा सक्रिय बनाउने प्रयास, अन्तरक्रियामा कसले के भने ?


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा (माआवादी केन्द्र) का अध्यक्ष समेत रहेका दाहालले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे । आफुले केही जोखिम र चुनौती मोलेरै भएपनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेको उनको जिकिर छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताबाट अलग भएपनि समाजवाद आउन नसक्ने र समाजवादी पार्टीहरुको पनि बिजोग हुने बताएका छन् । उनले भ्रष्टाचार नरोक्ने, जनताका कुरा नसुन्ने हो भने समाजवाद आउन नसक्ने बताए । समाजको गरिबी, अभाव र पछौटेपनले नेताहरुलाई पोल्छ कि पोल्दैन ? भन्दै उनले प्रश्न गरे ।

उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादको संसारमा कुनै एउटा मोडालिटी नभएकोले त्यसलाई नक्कल गरेर अर्को देशमा लागू गर्न सक्ने अवस्था नभएको बताए । यादवले यूरोपबाट माक्सवादी समाजवाद अन्त्य भइसकेको बताउँदै समानता, लोकतन्त्रसँगै सामाजिक न्यायबिना समाजवाद नबन्ने बताएको उल्लेख गरे ।

समाजवादी मोर्चाका संयोजक नेक्रविक्रम चन्द विप्लवले यथास्थितिमा क्रमभङ्ग गर्न जरुरी भएको बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी र क्रान्तिकारीले ल्याएको व्यवस्था भए पनि जनताका यावत समस्या समाधान नभएको तर्क गरेका हुन् । उनले दलाल पुँजीवाद अन्त्य नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटारबाट जनताको समाजवाद नआउने बताएका छन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका खनालले प्रधानमन्त्रीको सरकारी निवासबाट नभै सरकार, संसद् र सडक मोर्चाबाट आन्दोलन गर्नुपर्ने धारणा राखे ।

गत असार ४ गते समाजवादी मोर्चा गठन भएको थियो । सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा स्थापित र कार्यान्वयन गर्ने रणनीतिसहित मोर्चा निर्माण गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र नेकपा आवद्ध छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode