घुर्क्याउने र थर्काउने बानी परेका माल्टाका शिक्षक ठाकुरमान एमालेको अधिवेशन प्रतिनिधि
ललितपुर । यही चैत्र २३ देखि २५ सम्म आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले ललितपुरको नवौँ अधिवेशन नजिकिँदै गर्दा ललितपुरमा अधिवेशनको सरगर्मी बढेको छ । पार्टी जिल्ला कमिटिको सर्कुलर अनुसार शुक्रबारसम्म अधिवेशनका लागि जिल्लाला सबै भूगोल तथा संगठन र अन्य क्लस्टरबाट आउने प्रतिनिधि छनोट भईसकेका छन् ।
यसैबीच बागमती गाउँपालिका २ माल्टाको पाहखोलामा रहेको नागदेवी आवासीय विद्यालयका प्रधानाध्यापक ठाकुरमान भुलुन पनि अधिवेशन प्रतिनिधिको रुपमा छनोट भएर आएका छन् । शिक्षकहरुले दलीय राजनीति गर्न नहुने बहस चलिरहेका बेला विद्यालयमा पनि विरलै उपस्थित हुने र आफ्नो जिम्मेवारीप्रती उदासीन रहेको भनेर आलोचित बनेका भुलुन सबैको भावना लाई लत्याउँदै नवौँ जिल्ला अधिवेशन प्रतिनिधिको रुपमा आएका हुन् ।
विद्यालयको काम भन्दा राजनीतिक काममा बढी सक्रिय हुने उनी पार्टीमा इमानदारसाथ लागेका अन्य नेता कार्यकर्ताको चाहना र भावनालाई लत्याउँदै अधिवेशन प्रतिनिधिमा जर्बजस्ती आएपछी गाउँका इमानदार कार्यकर्तामा निराशा छाएको पाईएको छ ।
केही दिन अघि मात्र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्न बताएकी थिईन । श्रेष्ठको निर्दशन लाई भुलुनले चुनौती दिएका छन भने ,अकातर्फ ललितपुर एमालेले यस विषयमा गम्भीरता नदेखाउनुले पाटीको नेतृत्व माथी नै गम्भीर प्रश्न उब्जाएको छ ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया