Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस


काठमाण्डौ । मन्त्रीपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएपछि मन्त्रीपरिषदले वैशाख २ गते मध्यरातदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भएको भेटका क्रममा संसदको गत्यारोध, प्रदेशको सत्ता समिकरण लगाएतका बिषयका छलफल भएको थियो । छलफलपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले लगातार संसद अवरुद्ध गरेकाले अधिवेशनको अन्त्य गर्नुपरेको प्रत्रिक्रिया दिएका दिए ।

मन्त्रीपरिषदले संक्रमणकालिन न्यायसम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति पनि गठन गरेको छ । त्यसैगरी राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा अन्जना शाक्यलाई नियुक्त गर्ने सिफारिस गरेको छ । मन्त्रीपरिषदले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय पनि गरेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode