Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

घरजग्गा किनबेच घट्दा पनि बढ्यो राजश्व,धेरै राजस्व संकलन गर्न ललितपुर मालपोत

किन बढ्न सकेन घरजग्गा कारोबार ?


ललितपुर । २०८० चैत महिनामा घरजग्गा किनबेच घट्दा पनि मालपोत राजश्व संकलन बढेको छ । चैतमा देशभर ५० हजार २५२ घरजग्गाको लिखत पारित भएका थिए, जुन संख्या अघिल्लो महिना फागुन (५० हजार ९९८) को तुलनामा कम हो ।

चैत महिनामै देशभरका मालपोत कार्यालयबाट तीन अर्ब ९४ करोड ८१ लाख रुपैयाँ मालपोत राजश्व उठेको छ । यो रकम अघिल्लो महिना फागुनको तुलनामा करिव ३५ करोड रुपैयाँले बढी हो । फागुनमा तीन अर्ब ५९ करोड २६ लाख राजश्व उठेको थियो ।

चैत महिनामा उठेको मालपोत राजश्व पछिल्लो पाँच महिनायताकै सबैभन्दा धेरै हो । भूमि व्यवस्थापन विभागका अनुसार चैतमा रजिष्ट्रेसन दस्तुरवापत दुई अर्ब ४९ करोड १८ लाख, पुँजीगत लाभकरवापत एक अर्ब ४६ करोड ९१ लाख रुपैयाँ र सेवा शुल्कबाट ३१ करोड ५२ लाख रुपैयाँ उठेको छ ।

मालपोत कार्यालयहरुले रजिष्ट्रेसन दस्तुर, पूँजीगत लाभकर, सेवा करका अलवा, बागमती सभ्यता शुल्क, अतिरिक्त शुल्क, डोर सुविधा शुल्क, जग्गाधनी प्रमाण पूर्जा प्रिन्ट शुल्क, अनलाइन प्रिन्ट शुल्क, रिकभर शुल्क, विलक्ब शुल्क, नगर पूर्वाधार विकास कोष शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यता शुल्क, रोक्का दस्तुर लगायत शिर्षकमा सेवाग्राहीहरुबाट राजश्व उठाउने गरेका छन् ।

कति भयो किनबेच ?

काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ । कलंकीबाट ७ सय ३१ संख्यामा घरजग्गा लिखत पारित भएको छ भने सबैभन्दा कम टोखा मालपोत कार्यलयबाट १ सय ५४ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

त्यसैगरी, भक्तपुरबाट ९ सय ६९ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ । मालपोत कार्यालय लगनखेलबाट १ हजार २ र मालपोत कार्यालय गोटीखेलबाट २३ वटा घरजग्गा लिखत पारित भएको छ ।

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट चैतमा २ हजार ८२ को संख्यामा घरजग्गा लिखत पारित भएको छ । भने सबैभन्दा कम मालपोत कार्यालय मुस्ताङबाट ५ वटा घरजग्गा लिखत पारित भएको छ ।

राजस्व संकलनको अवस्था 
चैतमा घरजग्गा कारोबार स्थिर रहे पनि राजस्व भने थोरै वृद्धि भएको देखिएको छ । चैतमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ९४ करोड ८१ लाख ३६ हजार ८ सय १६ रुपैयाँ राजस्व संकलन गरेको छ । जुन फागुनको तुलनामा ३५ करोड ५४ लाख ४५ हजार ७ सय ३५ रुपैयाँले बढि हो ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता)  दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

चैतमा सरकारले सेवाकर बापत देशभरबाट कुल ३१ करोड ५२ लाख ५० हजार ९ सय ८२ रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब ४९ करोड १७ लाख ९४ हजार ४ सय ९ रुपैयाँ संकलन गरेको छ । र पुँजीगत लाभकरबाट १ अर्ब ४६ करोड ९१ लाख ७ हजार १ सय ४२ रुपैयाँ संकलन गरेको छ ।

चैतमा उपत्यकाका मालपोत कार्यलयहरूले नै सबैभन्दा बढि राजस्व संकलन गरेका छन् ।

किन बढ्न सकेन घरजग्गा कारोबार ?

पछिल्लो दुई महिनायता घरजग्गा कारोबार बढ्न नसकेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ । ०८० को अन्तिम महिना चैतमा देशभर ५० हजार २५२ घरजग्गाको लिखत पारित भएका छन् । यो संख्या अघिल्ला महिना माघ र फागुनको तुलनामा केही कम हो ।

पुस महिनामा ४६ हजार ३० घरजग्गाको लिखत पारित भएकोमा माघमा बढेर ५० हजार ९२१ र फागुनमा ५० हजार ९९८ घरजग्गाको लिखत पारित भएको थियो । चैत महिनामा घरजग्गा किनबेच बढ्ने अपेक्षा विपरित उल्टै कारोबार घटेको घरजग्गा व्यवसायीहरु बताउँछन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता (लगानीयोग्य रकम)  पर्याप्तता, घट्दो ब्याजदर, कर्जा प्रवाहमा सहजीकरण, कित्ताकाट खुल्ला, लगानीका अन्य क्षेत्रहरुमा संकुचन लगायतका कारण चैतमा घरजग्गा कारोबार बढ्न नसकेको हो ।

देशभरबाट सबैभन्दा धेरै राजस्व संकलन भएका मालपोत कार्यलयहरु


क्याटेगोरी : अड्डामा खोज मिसन, अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode