Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


ललितपुर । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । होटेल सोल्टीमामा बुधबार कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

भेटवार्ता सकिएकाले अब नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू हुँदै छ । यसपछि केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए । उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode