Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना


ललितपुर । नेपाल पत्रकार महासंघले यो वर्ष ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना घटेको जनाएको छ । सन् २०२३ मे ३ देखि २०२४ अप्रिल २६ सम्म उक्त संख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको महासंघले बताएको हो । सन् २०२२ देखि २०२३ को सोही अवधिमा ५५ वटा प्रेस स्वतन्त्रता हननका घटना रेकर्ड भएकोमा यो वर्ष बढेको महासंघको भनाइ छ । सन् २०२१ देखि सन् २०२२ सो अवधिमा ७५ वटा घटना घटेका थिए ।

महासंघका अनुसार सो घटनामा १६८ जना पत्रकार र दुई सञ्चारगृह गरी १७० पीडित भएका छन् । एक वर्षको अवधिमा दुई वटा गिरफ्तारी, तीन वटा कब्जा तथा अवरोध, १४ वटा आक्रमण, २९ वटा दुर्व्यवहार तथा धम्की, १४ वटा पेशागत असुरक्षाका घटना भएको महासंघद्धारा आज जारी वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यो वर्ष पत्रकारको पेशागत असुरक्षा मुख्य चुनौतीको विषय बनेको उल्लेख गर्दै महासंघले सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्यालाई दबाबमूलक आन्दोलन, कानुनी लडाइँ तथा वार्ता र संवादको माध्यमबाट समाधान गर्न पहल भइरहेको जनाएको छ । त्यसैगरी, विश्वव्यापी रुपमा देखिएको आर्थिक संकटले समग्र पत्रकारिता क्षेत्रमा समस्या निम्तिएको महासंघको जिकिर छ ।

श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा पत्रकारहरु पारिश्रमिकबाट वञ्चित भएको महासंघको गुनासो छ । आज ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवस हो । ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ दिवस मनाइँदै छ । सोही अवसरमा आज काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन तथा वार्षिक साधारण सभा हुँदैछ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode