ठेकेदारको लापरबाहीले सडक भत्किएपछि कान्ति लोकपथ बन्द, जनजीवन प्रभावित

ललितपुर – काठमाण्डौलाई हेटौँडामा जोड्ने छोटो दुरीको सडक कान्ति लोकपथ बन्द भएको छ । मर्मतका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्ति लोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।
काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याबिन वाल पूर्णरूपमा क्षति भएको छ । भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याबिन वालमा क्षति भएकाले सडकमा गाडी सञ्चालन हुनसक्ने अवस्था नरहेको भन्दै अर्को सूचना नभएसम्म यो सडक बन्द रहने इन्जिनियर महर्जनले बताए ।
मर्मतका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको यो सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै गाडी आवतजावतका लागि खुला गरिएको थियो ।
ठेकेदारले सावधानी नअपनाउदा सडक अवरुद्ध हुन पुगेको हो । उक्त सडकहुँदैं हेटौंडा , ललितपुरको आश्राङ गिम्दी प्युटार मकवानपुर बागमती ,वकैया र काभ्रे तालढुङ्ङा जाने सवारीसाधनलाई असर परेको छ ।
उक्त सडक हुदै ढुवानी हुने कृषि उत्पादन , निर्माण सामाग्री ढुवानी ठप्प हुने र विरामी तथा यात्रुहरुलाई समस्या पर्ने भएको छ। ठेकेदारले २०८० चैत १ गतेदेखि बाटो बन्द गरि काम गरिरहेकोमा काम नसकिएकाले दिनमा तीन घण्टा बाटो खुल्ला गरि अन्य समयमा काम गरेकोमा हाल पुर्ण रुपमा सडक बन्द भएको छ।
यस सडक बन्द भएकोले र सहज तरिकाले सडक प्रयोग गर्न नपाउदा निर्माणधिन विर्खेधारा दलचोकि सडकले निर्माण सामाग्री ढुवानी गर्न नपाउदा उक्त सडक समेत प्रभावित हुन पुगेको छ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया