Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरमा आगलागी हुँदा एकै परिवारका ५ जना घाइते


ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १७ स्थित एक टहरोमा आइतबार आगलागी भएको छ । मोबिल स्टोर भएको उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए ।

उनका अनुसार केहीबेर अघि भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । किस्ट हस्पिटल नजिकै पर्ने स्थानीय बाफल भन्ने स्थानमा भएको आगलागी नियन्त्रणका लागि दमकलसहित कमेकिलको समेत प्रयोग गरिएको उनको भनाइ छ ।

प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ति र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ । घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ति सञ्जय गिरी र रुपा गिरी रहेका छन् । उनीहरुको शरीरको विभिन्न भाग जलेको र उद्धार गरेर किस्ट अस्पताल पठाइएको छ ।


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode