Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

उपत्यकाका तीनै जिल्लामा खुल्यो जग्गाको कित्ताकाट


काठमाडौं । काठमाडौं उपत्यकामा जग्गा कित्ताकाट खुलाइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लामा जग्गा वर्गीकरणको काम सकिएकाले कित्ताकाट खुलाइएको बताइएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले उपत्यकामा जग्गा वर्गीकरण सकिएको देखाएको छ।

स्थानीय तहले कृषि र गैर कृषि छुट्याएका हुन्। अन्य विधामा भने छुट्याउन बाँकी रहेको छ। यो कित्ताकाट भने कृषि जग्गाको लागि खुलेको हो । गैर कृषि जग्गा भने अन्य विधामा वर्गीकरण गरिसकेपछि मात्रै खुल्ने विभागले जनाएको छ । २०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ। अहिले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन गरी विभिन्न विधामा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने काम धमाधम रुपमा गरिरहेका छन् ।

सरकारले मंसिर २३ गतेसम्ममा जग्गाको वर्गीकरणको काम सक्न स्थानीय तहलाई निर्देशन दिएको थियो । सो निर्देशनअनुसार हालसम्म विभागमा करिब एक सय वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको जानकारी विभागमा आएको छ । अन्य विधामा पनि जग्गा वर्गीकरण गर्न स्थानीय तहलाई आह्वान गरिएको छ ।

विवरण अनुसार काठमाडौं जिल्लाका काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन, शंखरापुर र बुढानीलकण्ठ गरी ११ वटै पालिकाले वर्गीकरण सकिसकेका छन्। त्यस्तै, भक्तपुर जिल्लामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुरथिमि, चाँगुनारायण नगरपालिका गरी चार वटा पालिका छन्।

ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी, बागमती गाउँपालिका, माहांकाल गाउँपालिका, कोन्जयोसोम गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेका छन्।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode