ललितपुर मालपोतका प्रमुखहरू – किन तीन महिना पनि टिक्दैनन् ?
बिचौलियाको चंगुलमा ललितपुर मालपोत सेटिङ नमिल्दा रातारात प्रमुखको सरुवा
![](https://www.khojmissionnews.com/wp-content/uploads/2024/05/2023-06-06.jpg)
ललितपुर । ६ वर्षमा ९ जना कार्यालय प्रमुख फेरिने कारणले मालपोत कार्यालय ललितपुरका सेवाग्राहीले सुलभ सेवा लिन सकिरहेकाछैनन् । २०७५ को मंसिरमा कार्यालय प्रमुख भएर आएका सुबोध खनाल २०७५ को पौषमा महिनादिन नपुग्दै सरुवा भएर हिंडे ।
उनी हिंडेको केही दिनपछि २०७५ पौषमा प्रमुख मालमोत अधिकृत बनेर पुगेका भिमकान्त पौडेल २०७७ असारमा सम्म बसे । उनले पनि आफनो दु्ई वर्षिय कार्यकाल पुरा नगरी नै सरुवा मागरे हिडे । पौडैल पछि २०७७ असारमा पुन सुवोध खनाल प्रमुख भएर आए उनी पनि महिना दिन बित्न नपाउदै सरुवा हुन पुगे ।
उनीपछि क्रमश हरिकृष्ण सुवेदी,शालिकराम आचार्य, कृष्ण प्रसाद चापागाई,राजेन्द्र प्रसाद पौडेल ,चुडामणी चापागाई र ऋषि कुमार दाहाल कार्यलय प्रमुख र मालपोत अधिकृत बनिसकेका छन । विभाग देखि मन्त्रालय र सचिव देखि मन्त्री सम्म लाई रिजाएर बल्ल बल्ल ललितपुर मालपोतको प्रमुख भएर आउनेहरु कोही महिना दिन त कोही वषदिन बित्न नपाउदै आफै सरुवा मागरे हिड्न थालेपछि सेवाग्राही आजीत बनेका हुन ।
कार्यलय सुधार्न देखि सचिव र मन्त्री सम्मलाई राम्रै रिजाउने वाचा सहित आएका प्रमुखहरु लाई विचौलियाहरुले विचमै सरुवा गरिदिन शक्तीकेन्द्र सम्म धाउन थालेपछि ललितपुर मालपोतमा प्रमुख भएर आउनेहरुको भविष्य विचौलियाहरुको हातमा पुगेको हो । देशकै सबैभन्दा बढी राजस्व सकंलन गर्न ललितपुर मालपोत कार्यलयमा केही गर्छु भन्ने हुटहुटी सहित २०८० असोजमा आएका ऋषि कुमार दाहाल ६ मिहना पनि टिक्न नपाउदै बैशाख ११ मा सरुवा मागेर हिडे ।
छुट जग्गा दर्ता खुलेको र विचौलियाहरुले चलखेल गनै दबाब दिएपछि उनी बस्न नसक्ने भन्दै सरुवा मागरे गएको एक कर्मचारीले खोजमिसनन्युज लाई जानकारी दिए । ललितपुर मालपोत कार्यलयमा वर्ष दिन पनि कार्यलय प्रमुख टिक्न नसक्नुको कारण के हो त भन्दै खोजसिमन न्युजले मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भटलाई सोध्दा उनले यस विषयमा आफुलाई कु्नै जानकारी नभएको बताए ।
भटले आफु सगँ यस विषयको जवाफ नभएको बताएपछि हामीले भुमि ब्यवस्थापन तथा अभिलेख विभागका निर्दशक वेद प्रसाद अर्याललाई सोध्यौ,अर्यालयको पनि जवाफ आफहरुलाई यस विषयमा कुनै जानकारी नहुने बताउदै मन्त्रालयमै सम्पर्क गर्न आग्रह गरे ।
यसै त मालपोत कार्यालय भन्ननसाथ आम नागरिकले नाक खुम्च्याउँछन । त्यसमाथि पनि ६–६ महिनामा कार्यलय प्रमुखको सरुवाले मालमोत कार्यालय ललितपुलाई निकै बदनाम बनाएको गुनासो छ । यस मालपोत कार्यालयको स्थापना २०७९ सालमा भएको हो । ०२९ देखि हालसम्म यस मालपोत कार्यालयमा ३६ जना प्रमुख मालमोत अधिकृतले काम गर्ने अवसर पाइसकेका छन ।
जोसुकै कार्यालय प्रमुख भएर आएपनि यहाँ लामोसमय किन टिक्न सक्दैनन्त ? यसको मूल कारणसमस्या भनेको मन्त्रालयका सचिव देखि मन्त्री र कार्यलय प्रमुख देखि विचौलियाको सेटिग टिकाउन नसक्नु नै रहेको एक कर्मचारीले खोजमिसन न्युज लाई जानकारी दिए ।
यस्तै मालमोतका कर्मचारीले अक्षर केरमेट गरेका, सक्कली कागजपत्र बिचौलियालाई दिएर नक्कली कागजपत्र ढड्डामा राखिदिएको र सेवाग्राहीले आफ्नो सक्कली कागजपत्र खोज्दा नपाउँदा त्यसको दोष कार्यलय प्रमुखले लिनुपर्दा कार्यालय प्रमुख टिक्न नसकेर सरुवा हुने गरेको बताइएको छ ।
प्रमुख नहुँदा हाल मालपोतमा राजीनामा, दृष्टि बन्धक, बकस पत्र, लगायतका सामान्य कामहरू मात्र भइरहेका छन् । हाकिम नहुँदा नामसारी लगायतका महत्त्वपूर्ण काम रोकिएको छ । तलका कर्मचारी भने माथिकालाई देखाएर आफू पन्छिने गरेको गुनासो सेवाग्राहीहरूले गर्ने गरेका छन् ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया