ललितपुरका ८ सहकारी समस्याग्रस्त घोषणा बागमती प्रदेशमा ४४ (नामावली सहित)
ललितपुर । सहकारी संस्थाको बेथिति प्रदेशस्तरमा रहेका संस्थाहरुमा झन विकराल भएको पाइएको छ । संघीय सरकार माताहतका २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरि कारवाही प्रक्रिया अघि बढिरहँदा सात वटा प्रदेशमा सञ्चालनमा रहेका सहकारी संस्थामा ठूलो समस्या देखिएको छ ।
बागमती प्रदेश अन्तर्गत ४४ वटा सहकारी समस्याग्रस्त घोषणा भएका छन् । काठमाडौंको जनप्रेम बचत तथा ऋण सहकारी, भरोसा बहुउद्देश्यीय सहकारी, जय अम्बे बचत तथा ऋण सहकारी, लसकुस बहुउद्देश्यीय सहकारी, युवा विकास बहुउद्देश्यीय सहकारी, राष्ट्रप्रेम बचत तथा ऋण सहकारी, गतिशील बचत तथा ऋण सहकारी, सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले पनि बचतकर्ताको रकम अपचलन गरेका छन् ।
त्यस्तै स्मृति बहुउद्देश्यीय सहकारी, एविसी बचत तथा ऋण सहकारी,मञ्जरी बहुउद्देश्यीय सहकारी, अक्षता बचत तथा ऋण सहकारी, राइजिङ अप बचत तथा ऋण सहकारी, सन्ध्या बचत तथा ऋण सहकारी, रियल गोर्खा बचत तथा ऋण सहकारी, भद्रकाली कृषि सहकारी, एभरेष्ट सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबाट पनि रकम अपचलन भएको छ ।
यसैगरी, आर्जन बचत तथा ऋण सहकारी, सुमो बचत तथा ऋण सहकारी, विश्वास बचत तथा ऋण सहकारी, विश्वास बहुउद्देश्यीय सहकारी, करुणा बचत तथा ऋण सहकारी, सिद्धिदाता बहुउद्देश्यीय सहकारी,साकार बचत तथा ऋण सहकारी, कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, शुभ समृद्धि बचत तथा ऋण सहकारी, उपहार बहुउद्देश्यीय सहकारीबाट रकम अपचलन भएको छ ।
यतिमात्र नभइ यती बहुउद्देश्यीय सहकारी, कान्ति भैरव बचत तथा ऋण सहकारी, सूर्य बचत तथा ऋण सहकारी, गेट वे बचत तथा ऋण सहकारी, ग्रेट गङगा सागर बचत तथा ऋण सहकारी, साख बचत तथा ऋण सहकारी, विजय पथ बचत तथा ऋण सहकारी, अनमोल बहुउद्देश्यीय सहकारी, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, वेलहम्स बचत तथा ऋण सहकारी, सुयोग बहुउद्देश्यीय सहकारीबाट रकम अपचलन भएको छ ।
त्यस्तै युनिटी बचत तथा ऋण सहकारी, युएम बचत तथा ऋण सहकारी स्वस्तिक बचत तथा ऋण सहकारी, हरिसिद्धि कोअपरेटिभ, मेगाड्रिम बहुउद्देश्यीय सहकारी र प्रस्परस बचत तथा ऋण सहकारी संस्थाले रकम अपचलन गरेका छन् । यी सबै समस्याग्रस्त घोषणा भएका भईसकेका छन् ।
बागमतीमा प्रदेशस्तरीय सहकारी तीन हजार २०७ वटा छन् । स्थानीय तहमा दर्ता भएका सहकारीको अवस्थाबारे प्रदेश सरकार बेखबर छ । प्रदेशमा बचत तथा ऋण एक हजार ५२४, बहुउद्देश्यीय एक हजार १४३, कृषि सहकारी २५६, दुग्ध ५०, अन्य २२१ तथा जिल्ला सहकारी सङ्घ १३ वटा रहेका छन । बागमती प्रदेशमा २६६ वटा सहकारीविरुद्ध उजुरी परेका छन ।
यी हुन ललितपुरका समस्याग्रस्त घोषणा भएका ८ सहकारी
१ मञ्जरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२ सन्ध्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड
३ कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ संस्था लिमिटेड
४ करणा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
५ साकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड
६ शुभ समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड
७ सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
८ वेलहम्स बचत तथा ऋण सहकारी संस्था लिमिटेड
क्याटेगोरी : अर्थ/सहकारी, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया