ललितपुर महानगरको कवाडी कर आतङ्क-सर्वसाधारण कुट्ने चारजना प्रहरी नियन्त्रणमा
ठेकेदारको दादागिरीले सर्वसाधारण आजित स्थानीय सगँ मेयरले गरेको बाचा हप्तादिन पनि टिकेन
ललितपुर । ललितपुर महानगरपालिकाले बैशाख २१ गते लगनखेल स्थित नमुना मछिन्द्रमावीको प्राङगणमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गर्यो । स्थानीयले आफना गुनासा, संमस्या र गत वर्षपनि सार्वजर्निक सुनवाई कार्यक्रममा राखेका संमस्याहरुको सम्बोधन नभएको भन्दै आक्रोश ब्यक्त गरे ।
विभिन्न संमस्याहरुको उठान हुँदै गर्दा पछिल्लो समय ललितपुर महानगरपालिकाले कवाडी करका नाममा आतंक मच्चाएको भन्दै स्थानियले आफना समस्याहरु जोडतोडका साथ राखे । जफावका क्रममा नगर प्रमुख चिरीबाबु महर्जन र तत्कालीलन प्रमुख प्रशासकीय अधिकृतले कवाडी करका नाममा गुनासाहरु महानगरलाई पनि आएको बताउदै आगामी दिनमा कवाडी करका नाममा सर्वसाधारणलाई सास्ती नहुने प्रतिवद्धता ब्यक्त गरे ।
नगर प्रमुख महर्जन र तत्कालीन प्रशासकीय अधिकृतले स्थानिय सगँ गरेको प्रतिवद्धता एक हप्ता बित्न पाउदा नपाउदै कवाडी करका नाममा आईतबार चुन ढुङगा बोकेर आएका सप्लार्यसलाई कवाडी कर सकंलन गर्न बसेका सानेपाका कर्मचारीले हातपात गरेका छन ।
ललितपुरको गोदावरी नगरपालिका बाट चुन ढुङगा लिए आएका एक सप्लार्यसले गोदावरी नगरपालिकामा आफुले कर तिरेको रसिद देखाउदा देखाउदै कर उठाउन बसेका कर्मचारीले कर तिर्न बारम्बार ताकेता गरेपछि सप्लार्यसका प्रतिनिधीले आफुले दोहोरो कर नर्तिन अडान लिएपछि कर्मचारीले सप्लार्यसका प्रतिनिधि माथी हातपात गरेपछि जिल्ला प्रहरी परिसर ललितपुरले कर उठाउन बसेका चार जना कर्मचारी लाई नियन्त्रणमा लिएको छ ।
परिसरका प्रवक्ता नरेशराज सुवेदीका अनुसार आईतबार बेलुका साढेपाचँ बजे सप्लार्यसका प्रतिनिधी लाई हातपात भएपछि प्रहरीले हातपात गर्न कुमान विक्रम खत्री,रोसन चौधरी,प्रकाश बस्नेत र श्याम ठकुरीलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको सुवेदीले खोजमिसन न्युज लाई जानकारी दिए ।
१० करोड १८ लाखमा ठेक्का
ललितपुर महानगरपालिकाले गत महिनादेखि इन्द्रेणी हार्डवेयर एन्ड सेनेटेरी वेयर प्रालिलाई कवाडी कर उठाउने ठेक्का दिएको थियो । महानगरले पहिलो पटक ३ करोड न्यूनतम कबोल अंक राखेर ठेक्का खुलाइ बढाबढमा राख्दा १० करोड १८ लाखमा सम्झौता भएको थियो ।
त्यसपछि ठेकेदार कम्पनीले ललितपुर छिर्ने नाकाका विभिन्न ठाउँमा ढाट राखेर पैसा उठाइरहेको छ । १८ वटा विषय तोकेर कुन वस्तुमा कति कर लाग्छ भनेर महानगरले तोकीदिएपनि ठेकेदार कम्पनीले गुन्डागर्दी शैलिमा तोकीएका बाहेकका वस्तुमा समेत कर उठाउने गरेको स्थानिय बताउछन । यस्तै सर्वोच्च अदालतले कवाडीमा दोहोरो कर नलिन आदेश गरेको छ ।
०७५ असोज २२ मा सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानले ‘बाटो प्रयोग बापतको कर नलिनु, लिन नलगाउनु’ भन्ने अन्तरिम आदेश जारी गरेका थिए । ०७५ कार्तिकमा न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सो आदेशलाई सदर गरेको थियो ।
क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया