राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै, राष्ट्रपति निर्वाचनबारे अन्योल
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार काठमाडौंमा बसेको स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राख्ने निर्णय गरेको ाहे ।
नेपालको राजनीतिमा अर्को घटनाक्रम बिकसित नभएसम्म सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको ठहर छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको र उम्मेदवारले उम्मेदवारी फिर्ता दिने समय रहेकाले कसलाई मतदान गर्ने भन्ने बारे कुनै निर्णय नगरिएको जनाईको छ । बैठकले चितवन २ को प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।
बैठकले उक्त उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया