ललितपुरकै उत्कृष्ट ब्राइट फ्युचर स्कूल,विद्यार्थी र अभिभावकको पहिलो रोजाई बन्दै
नेपालको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको निजी शैक्षिक संस्था ब्राइट फ्युचरमा विद्यार्थी आकर्षण दिनँहु बढ्दो छ ।
ललितपुर । ललितपुर १५ स्थित सातदोबाटोमा विगत ३ दशक देखि शिक्षामा आवद्ध ब्राइट फ्युचर स्कूल एण्ड कलेजले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
एसईईमा ३६ जना विद्यार्थी सहभागी भएकोमा सबैले राम्रो जिपीए ल्याउदा त्यसमध्ये छात्र उज्वल चौलागाई र छात्रा सेक्रिना शाहीले ४.० जीपीए ल्याएका छन । देशैभरबाट ४.० जीपीए ल्याउने १ सय ८६ जनामा ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर स्कूल एण्ड कलेजबाट २ जना पर्नु गुणस्तरीय शिक्षाको परिणाम हो । पछिल्लो समय अभिभावक र विद्यार्थीहरुको रोजाइमा पर्दै आएको ब्राइट फ्युचर स्कूल एण्ड कलेजले गुणस्तरीय शिक्षामा अव्वल रहेको प्रमाणित गरेको छ ।
उक्त स्कूलबाट गत वर्ष १ जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेकोमा यस वर्ष २ जना विद्यार्थीहरुले ४.० जीपीए प्राप्त गरेका छन् । ललितपुरकै अब्बल विद्यालयको रुपँमा आफुलाई स्थापित गदै तिन दशक देखि ललितपुरवासीको मनमा बस्न सफल हुदै आएको यस विद्यालयले गुणस्तीरय शिक्षा प्रदान गर्न सधै सक्षम रहेको प्रमाणीत गरेको छ ।
सक्षम ब्यवस्थापन पक्ष ,विद्यालयमैत्री वातावरण र अब्बल शिक्षकका कारण विद्यालयले विद्यालय तह देखि कलेज तह सम्मै प्रत्येक वर्ष उतकृष्ठ नतिजा ल्याउन सफल हुँदै आएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया