Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरमा ब्यवसायी माथी खुकुरी प्रहार गर्न एकले गरे आत्मसर्पमण


ललितपुर । ललितपुरमा एक जना व्यवसायीमाथि खुकुरी प्रहार घटनामा संलग्न व्यक्तिले आत्मसमर्पण गरेका छन्। असार ७ गते दिउँसो १२ः४५ बजे गोदावरी नगरपालिका ९ – स्थित छेडामा ४० वर्षीय मनोज कुमार बानियाँमाथि खुकुरी प्रहार भएको थियो। उनीमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न ललितपुरको भैसेपाटी बस्ने राजेन्द्र केसीले आत्मसमर्पण गरेका हुन्।

उनीमाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा ८ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

यस घटनामा संलग्न अन्य व्यक्तिहरू अझै फरार छन्। प्रहरीले उनीहरूको पहिचान खुलाइसकेको छ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode