Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

विश्वासको मत लिन लागेका प्रचण्डलाई रास्वपा र नेकपा एसको साथ


काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने भएको छ । विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने निष्कर्षमा एकीकृत समाजवादी पुगेको हो ।

बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता घनशयाम भुसालले विश्वासको मत दिने जानकारी गराएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका हुन् ।

कांग्रेस–एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उनको भनाइ छ । उनले संविधान संशोधनको मुद्दा स्पष्ट रुपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रुपमा आए पार्टीमा छलफल गर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले पनि विश्वासको मत दिने संकेत गरेको छ । आज रास्वपाबाट मन्त्री भएका चार जनाले राजीनामा दिने भनिए पनि प्रधानमन्त्रीसँग छलफल गरेपछि राजीनामा दिएनन् । प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराएपछि रास्वपा पछि हटेको हो ।

नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा भने स्वीकृत भएको छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए ।

उता अशोक राई नेतृत्वको जसपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । जसपाबाट सरकारमा सहभागी दुई मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा बुझाउन लागेको हो ।

तस्विर : नेकपा एमालेकातर्फबाट मन्त्री बनेकाहरुले सामुहिक राजीनामा बुझाएपछि


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode