Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

आरोप–प्रत्यारोपको मैदानमा ओली–प्रचण्ड, कसले के भने ?


काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताएका हुन् । उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरि भएका कामका कारण अहिलेको परिस्थीति पैदा भएको धारणा राखे । भ्रष्टाचार, अस्थीरता लगाएत स्वार्थप्रेरित काम पनि देखिएको उनले बताए ।

उता प्रचण्डले भने ओलीलाई धाकेबाज भनेका छन् । ढाँटछल गरेर एमालेले कांग्रेससंग गठबन्धन गरेको भन्दै प्रचण्डले ओलीलाई धाकेबाज भनेका हुन् । सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले कांग्रेससंग सहमति भएपछि पनि एमाले अध्यक्ष केपी ओलीले आफुसंगको छलफलमा आफ्नो सरकारलाई समर्थन जारी रहने भन्दै ढाँटछल गरेको बताए ।

उनले आफुले सदनमा विश्वासको मत लिने र त्यसपछिको अवस्थामा संसदमा सशक्त भूमिका निर्वाह गर्न सवै दलहरुलाई साथमा लिने बताएका छन् । संविधानको व्यवस्थाअनुसार नै विश्वासको मत लिन लागेकाले त्यसपछिको अवस्थामा पनि संवैधानिक व्यवस्था अनुसार नै सरकार बन्ने प्रचण्डको भनाइ छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode