Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

न्यूरोडमा फुटपाथ विस्तार विवाद तत्कालका लागि टुङ्गियो, बालेन र चिनीकाजीमा कसले जित्यो ?


काठमाण्डौ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा मंसिर २ गतेसम्म निर्माणसम्बन्धी कुनै काम नगर्ने भएको छ । सम्बन्धित वडा र स्थानीय वासिन्दासँग गरिएको सहमति अनुसार एक कार्यदल बनाएर सो कार्यदलको सुझाव अनुसार थप निर्णय गरिने भएको हो । अध्ययन कार्यदलको प्रतिवेदन नआउन्जेल थप फुटपाथ विस्तार नगर्ने सहमति समेत भएको छ ।

महानगरका प्रमुख, उपप्रमुख २२, २३ र २४ नम्बर वडाका अध्यक्ष लगाएतको सहभागीतामा भएको छलफलका क्रममा मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेश गर्ने सहमति भएको काठमाडौं महानगर वडा नंवर २३ का वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी दिए । ९ सदस्यीय कार्यदलबाट बिभिन्न बिषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसका आधारमा फुटपाथ विस्तारका बारेमा थप निर्णय हुने छ ।

त्यसअघि फुटपाथ विस्तार गर्ने क्रममा महानगर र स्थानीयबीच विवाद भएको थियो । विवाद भएपछि महानगरले जनप्रतिनिधि सहित स्थानीयलाई सोमबार छलफलमा बोलाएको थियो । महानगरले न्यूरोड सडक साँघु¥याएर फुटपाथ बढाउन थालेपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए ।

उक्त आन्दोलनको नेतृत्व २२ नम्बर वडाका अध्यक्ष चिनीकाजी महर्जनले गरेका हुन् ।

फुटपाथ विस्तारको काम स्थगित भएसँगै वडा नम्बर २२ का वडाध्यक्ष महर्जनले गौरव व्यक्त गरेका छन् । महानगरसँग सहमति भएपछि न्यूरोडमै आएर उनले कोणसभालाई सम्बोधन गरेका थिए ।

कोणसभामा वडाध्यक्ष महर्जनलाई ‘न्यूरोड आन्दोलनका नायक’ सम्बोधन गरिएको थियो । उनले छोटो सम्बोधन गर्दै जनताको जीत भएको बताए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode