८ दलको भेलामा प्रचण्डको खुलासा : ओलीको साथ छोड्नुको कारण के ?
काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले संसद विघटन ठीक रहेको अभिमत दिएपछि आफुले नयाँ बिकल्प खोजेको बताएका छन् ।
काठमाण्डौमा आयोजित आठ दलको भेला तथा सांसद अभिमुखीकरण कार्यक्रममा प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्ष केपी ओलीले संसद विघटन ठीक रहेको बिचार व्यक्त गरेपछि आफुहरु सोच्न बाध्य भएको बताएका हुन् । आफूहरुले गलत भनेको संसद विघटनलाई ओलीले ठीक भन्नु स्वीकार्य नभएको प्रचण्डले बताए ।
प्रचण्डले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जीत सुनिश्चित रहेको र यो लोकतन्त्र र संविधानको हितमा रहेको स्पष्ट पारेका छन् ।
त्यस्तै अभिमुखी कार्यक्रमपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिका कतव्र्य र जिम्मेवारीहरुको बिषयमा प्रस्टता आवश्यक रहेको बताए । उनले अवको राष्ट्रपतिले मुलुकलाई एकतावद्ध बनाएर जानुपर्ने भन्दै पौडेलको पक्षमा भोट दिने उल्लेख गरे
त्यस्तै आठ दलका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलले संविधानको परिधिभित्र रहेर आफुले काम गर्ने बताए । उनले अहिलेसम्म सवैदलबाट आफुलाई सहयोग गर्ने प्रतिवद्धता आएको बताए ।
कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवा, महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ लगाएतले राष्ट्रपतिमा भारी मतका साथ बिजयी गराउनुपर्ने धारणा राखेका थिए । राष्ट्रपतिको निर्वाचन आगामी फाल्गुन २५ गते हुँदैछ ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया