Techie IT
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न राजेन्द्र लिङ्देनको आग्रह


काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन पूर्वराजाले खेलको भूमिकालाई नविर्सन सुझाव दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा लिङदेनले द्वन्द्व सम्झौताबाट टुंगिएको र सम्झौताको एउटा पक्ष पूर्वराजाहरु भएकाले उनीहरुको भूमिकालाई बिर्सन नहुने बताएका हुन् ।

राजा भनेर सम्बोधन गरेका उनले कसैको नाम त लिएनन्, तर पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ संकेत गरेका हुन् । शान्ति प्रक्रियामा सहयोग पु¥याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरुले सिफारिस गर्नुपर्ने उनले बताए ।

सम्झौताको एउटा पक्ष तत्कालीन राजा पनि भएको भन्दै उनले भने, ‘तपाईहरुले आज राजालाई सम्झिनुपर्थ्यो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न ।’

त्यस्तै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुराएसंगै देशमा फेरि कहिल्यै द्वन्द्व दोहरिन दिन नहुने धारणा राखे । हिंसा जुनसुकै अवस्थामा पनि दण्डित हुन्छ भन्ने स्थापीत गर्नुपर्ने भन्दै उनले सवै मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने बताए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode