Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

बोतलको पानीमा उद्योगीको सधै मनोमानी,सन्देश र फ्रेसो पानीमा भेटीयो अखाद्यबस्तु


काठमाडौं । पानी मानव जीवनमा नभई नहुने अत्यावस्यक वस्तु । तर, बारम्बार पानीमा व्यवसायीले मनोमानी गर्दा तपाई हाम्रो जीवनमा गम्भिर स्वास्थ्य समस्या देखिने गरेका छन् । नियमनकारी निकायको फितलो अनुगमन र ब्यवसायीको हेलचेक्राईका कारण बजारमा गुणस्तरहिन पानी बिक्री वितरण भईरहेको तथ्य हाम्रो टिमले फेला पारेको छ । शुद्ध पिउने पानी भन्दै उपभोक्तालाई बिक्रि गर्दै आएको उद्योग मध्येको एक हो, सन्देश मिनरल वाटर उद्योग जसले बजारमा सन्देश प्रशोधित पिउने पानीका नाममा जार र मिनिरलवाटर बिक्री वितरण गदै आइरहेको छ ।

बुढानिलकण्ठ–५ मा रहको यो उद्योगबाट सिलप्याक भई बजारमा बिक्रीका लागि पुगेको बोतलको पानीमा अखाद्यबस्तु भेटियो । सन्देश मिनरल वाटरको बोतलमा अखाद्य वस्तु मिसीएको प्रस्ट देखिन्छ । सिलप्याक गरिएको बोतल भित्र रबर छ । यस्तै बोतको बिर्का मुनिको भागमा उत्पादन मिति, मुल्य र ब्याच नम्बर समेत छैन । पानीको स्टीकरमा मात्र उत्पादन मिति उल्लेख गरिएको छ । सञ्चालक जित बहादुर गोले उद्योगमा भेटिएनन । बोतलको क्याप लगाउने मेसिनमा समस्या आएका कारण मिनिरल वाटरको उत्पादन बन्द रहेको कर्मचारी बताउँदै थिए । उद्योगले बोतलसँगसगै जारको पानी समेत बिक्रीवितरण गदै आईरहेको रहेछ ।

सन्देश मिनरव वाटर उद्योगले आफनो मात्र नभई विभिन्न रेस्टुरेन्ट ब्यवसायका लागि समेत पानी उत्पादन गदै आएको रहेछ, मिनिरल वाटर उद्योगमा भेटिएका विभिन्न रेस्टुरेन्टका नाममा समेत पानी उत्पादन गर्दै आएको छ । सन्देश मिनर वाटर उद्योगले उत्पादन गरेको एक लिटरको बोतलमा अखाद्य वस्तु भेटीएकोबारे सञ्चालक जित बहादुर गोलेसँग कुराकानी गर्न सम्पर्क गर्यौं । तर, उनले कामले बाहिर रहेको र पछि सम्पुर्ण जानकारी गराउने बताएपनि उनी हालसम्म सम्पर्कमा आएका छैनन । केही महिना अघि मात्रै सञ्चालक परिवर्तन भएको यो उद्योग तीन वर्षदेखी नविकरण नै भएको छैन ।

खाद्य अनुज्ञापत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा तीनवर्षदेखी अल्झिनु र बजारमा पानीको बिक्रिवितरण जारी रहनुले कतै अरु धेरै गढबढ त छैन भन्ने आशंका उब्जाएको छ । सन्देश मिनर वाटर उद्योगले त पानी समेत निकुञ्ज क्षेत्रको सार्वजनिक मुहानबाट ल्याएको पाइएको छ ।

यस्तै, शुद्ध पिउने पानी भनेर उपभोक्तलाई बिक्रि गर्दै आएको उद्योग मध्येको एक हो नेवा वेभरेज उद्योग जसले बजारमा एक लिटरको फ्रेसो शुद पिउने पानी र जारको पानी बिक्री बितरण गदै आइरहेको छ । तारकेश्वर नगरपालिका वडा नम्बर १० मा रहेको यो उद्योगले सिलप्याक गरेर बजारमा पठाइएको पानीमा पनि अखाद्यबस्तु भेटिएको छ । ब्याज नम्बर शुन्य शुन्य तिन रहेको बोतलमा अखाद्य वस्तु अर्थात बोराको धागो मिसिएको प्रस्ट देखिन्छ । बोतलको बिर्कोमुनिको भागमा उत्पादन मिति, मुल्य र ब्याच नम्बर लेख्नुपर्ने मापदण्ड भने यो उद्योगले पालना गरेको पाइएको छ ।

सञ्चालक नरेश डंगोलले मेसिनबाट उत्पादन हुदै आएको र मानविय त्रुटी सच्याउने भन्दै जानकारी दिएका छन । उद्योग सञ्चालक जानाजान त्रुटी नभएको र मानविय कमजोरी सुधारमा गम्भिर बन्ने बताए । पानीमा भैरहेको मनोमानी गम्भिर बिषय हो । अधिकांश सरुवा रोग पानीबाटै लाग्ने र सर्ने भएकाले पानीको गुणस्तर कायम गराउन सरकार र उत्पादक गम्भिर बन्नुपर्छ ।

 

 


क्याटेगोरी : खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode