Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे बिशेष अधिवेशनको माग गर्ने प्रचण्डको चेतावनी


काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले समयमा नै प्रतिनिधिसभाको अधिवेशन आह्वान नगरे बिशेष अधिवेशनको माग गर्ने बताएका छन् ।

राष्ट्रिय कर्मचारी महासङ्घको १८ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सरकारले तत्काल प्रतिनिधिसभाको अधिवेशन आह्वान नगर्ने सूचना आफुले पाएको भन्दै समयमा नै अधिवेशन आह्वान नभए विशेष अधिवेशनको माग गर्ने बताएका हुन् ।

उनले जरुरी परे संसदको विशेष अधिवेशनबाट संघर्षको घोषणा गर्ने र सडकमा लाखौ जनतासंग मिलेर प्रतिक्रियाबादीबिरुद्ध लड्ने बताए । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोहिलाई कारवाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफु नेतृत्वको सरकारलाई हटाइएको उनको भनाइ छ ।

प्रचण्डले अहिले सरकारमा रहेका दलका नेताहरुको हातमा राजनीति नरहेको र उनीहरुको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको आरोप लगाए । बिचौलियाहरुले घुमाएर अहिलको सरकारमा रहेका नेताहरुलाई रातारात उठबस गराएको उनको आरोप छ ।

उनले बिचौलियाहरुले संख्याको ताकत देखाएको भन्दै आफुहरुले जनताको ताकत देखाउने उल्लेख गरे । प्रचण्डले माओवादीको सकारात्मक पहल र ज्ञानेन्द्र शाहको नकारात्मक क्रियाकलापले मुलुकमा गणतन्त्र सम्भव भएको धारणा राखे ।

त्यस्तै उनले अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणाली देशका लागि हितकर नभएकाले परिवर्तन गर्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : खोज मिसन, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode