Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

एमाले बैठकमा उठ्यो गुटको कुरा, टोपबहादुर रायमाझी जेलमा कहिलेसम्म ?


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सोमबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनका साथै अन्य प्रतिवेदनमाथि छलफल भएको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकको दोश्रो दिन ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको पार्टी उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । धारणा राख्ने सदस्यहरुले पार्टीभित्रको गुट अन्त्य गर्नुपर्ने, संगठनमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

पार्टीभित्र गुटबन्दी मौलाएको चिन्ता अधिकांश नेताहरूले गरेको उनले बताए । ‘गुटबन्दीको विषाक्त बिरुवा हुर्काउने काम माथिकै नेताहरुबाट भएको निष्कर्ष धेरैले गर्नु भएको छ’, उनले भने ।

पार्टीलाई व्यवस्थीत रुपमा अघि बढाउनुपर्ने र अनुशासनहिनतालाई अन्त्य गर्नुपर्ने समेत उनीहरुको भनाइ छ । त्यस्तै नयाँ समिकरण बनेपछि सरकारलाई उदेश्य अनुसार प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उनीहरुले धारणा राखेको गुरुङले बताए । त्यस्तै अहिलेका अधिकारलाई बलियो बनाउने गरि संविधान संशोधन गर्न समेत उनीहरुले सुझाव दिएको उपमहासचिव गुरुङले जानकारी दिए ।

बैठकमा निलम्बित सचिव टोपबहादुर रायमाझीको विषय उठेको छ । केन्द्रीय सदस्य परशुराम अधिकारीले रायमाझीबारे बैठकमा जिज्ञासा राखेका थिए । ‘त्यसबेलाका गृहमन्त्री बालकृष्ण खाँण छुटे, अहिले बाहिरै छन् । तर प्रक्रियामै सामेल नभएका (नक्कली भुटानी शरणार्थी प्रकरण) टोपबहादुर रायमाझी जेलमै हुनुहुन्छ’ अधिकारीको प्रश्न थियो, ‘यो घटनाबाट एमालेमा नेता–कार्यकर्ताको सुरक्षा हुन्न भन्ने सन्देश जाँदैन ?’

रायमाझीकै संरक्षण नहुँदा समायोजन एकता प्रक्रियाबाट आएकाहरुले संरक्षणको अनुभूति नगरेको उनले बताएका थिए ।

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा आजसम्म ९८ जनाले कुरा राखेका छन् । पहिलो दिन आइतबार २७ जनाले बोलेका थिए । बाँकी २२ जनाले बोल्न नाम टिपाएका छन् । उनीहरूले कुरा राखेपछि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन् । त्यसपछि अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद र लेखा आयोगको प्रतिवेदन पाारित गर्दै भोलि एमाले बैठक सक्ने तयारी छ ।


क्याटेगोरी : खोज मिसन, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode