Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

रास्वपाले भन्यो-अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टी सदस्य भए कारबाही गर्छौं


ललितपुर । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको छ। सहकारी पीडितको पक्षबाट बहस गरेर बाहिर निस्कने क्रममा उनीमाथि रास्वपा कार्यकर्ताले त्रिपाठी माथि हातपात गरेका थिए । सभापति रवि लामिछाने सहकारी ठगी मुद्धामा आज थुनछेक बहस भएको थियो ।

कालीमाटिस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएपछि अदालत परिसरमा उनका समर्थकहरू भेला भएका छन्।

यसैबीच त्रिपाठी माथि भएको हातपातप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ। घटनामा रास्वपाको सदस्य संलग्न भएको भेटिएमा कारबाही गर्ने रास्वपाले जनाएको छ ।


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode