अखिल क्रान्तिकारीको मतदान जारी
ललितपुर । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन अन्तर्ग मतदान सुरू भएको छ। शनिबार अखिल क्रान्तिकारीको ९ वटै प्रदेशमा बिहान ९ बजेदेखि मतदान सुरू भएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए।
भूगोलका ७ प्रदेश तथा उपत्यका विशेष र विश्वविद्यालय गरी अखिल क्रान्तिकारीको सांगठानिक संरचना ९ प्रदेशको छ। काठमाडौमा तीन प्रदेशको मतदान भएको छ। उपत्यका विशेष प्रदेश र विश्वविद्यालय विशेष प्रदेशको बाल्मिकी क्याम्पसमा तथा बागमती प्रदेशको भक्तपुरस्थित सानोठिमी क्याम्पसमा भइरहेको प्रधानले जानकारी दिए।
मतदानको अवधि अपराह्न ४ बजेसम्म तोकिएको छ । निर्वाचनबाट ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ जना केन्द्रीय सदस्य, लेखा, निर्वाचन र अनुशासन आयोगमा पदाधिकारी र सदस्य गरी कुल ३१२ जना छानिनेछन्। अध्यक्ष पदका लागि चार प्रतिस्पर्धी मैदानमा छन्।
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया