Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

पोखरा रक्सी काण्ड : छानबिन गर्न रास्वपा सांसद कठायतले दिईन् संसदीय समितिमा निवेदन


ललितपुर । एनजीओको रक्सी खाएर आफ्ना पार्टीका नेताहरुको कुरा काटेको भन्दै संसदीय समितिमा आक्रोशित बनेकी रास्वपाकी सांसद विनिता कठायतले पोखरा घटनाबारे सत्यतथ्य छानबिन गर्न माग गरेकी छन् । आइतबार संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा निवदन दिँदै कठायतले छानबिनको माग गरेकी हुन् ।

दुई साता अघि एक कार्यक्रमको लागि समिति सभापति कुसुमदेवी थापा मगरसहितका सांसदहरु पोखरा पुगेका थिए । पोखरा बसाईको क्रममा एनजीओको रक्सी खाएर रास्वपाका सभापति रवि लामिछाने सांसदद्धय सुमना श्रेष्ठ र सोविता गौतमको कुरा काटेको उनको आरोप छ ।

पोखरा पुगेको बेला बसेको पोखरास्थित होटल ओपन हाउसको सीसीटीभी फुटेज मगाउन भन्दै समितिमा निवेदन दिएकी छिन् । साथै, उनले २९ पुसको होटलको बिल भर्पाई पनि झिकाउन भन्दै समितिमा निवेदन दिएकी हुन् ।

सो अनुगमनपछि काठमाडौंमा बसेको समितिको बैठकमा कठायतले पोखराको होटलमा मदिरा सेवन गरी आफ्नो पार्टीका सभापति तथा अन्य नेताहरूलाई अपमान गरेको बताएकी थिइन् । त्यसपछि समिति सभापति थापाले प्रमाण पेस गर्न चुनौती दिएपछि कठायतले निवेदन दिएर छानबिन गर्न माग गरेकी हुन् ।


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode