अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
ललितपुर । सरकारले ल्याएको अध्यादेशहरु संसदबाट फास्ट ट्रयाकबाट पारित गरिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशलाई छिटो कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । जसअनुसार अध्यादेशहरु कार्यान्वयनका लागि फास्ट ट्रयाकबाट पारित गरेर आवश्यक नियमावलीहरु बनाउने निर्णय भएको उनको भनाइ छ ।
उनले भने,हिउँदे अधिवेशन माघ १८ गते शुरु हुँदैछ । यो हिउँदे अधिवेशनबाट राष्ट्रपतिबाट पारित भएका अध्यादेशहरुलाई संसदमा फास्ट ट्र्याकबाट पास गर्ने काम हुन्छ । ती अध्यादेशहरु कार्यान्वयनका लागि नियमावलीहरु तदारुकताका साथ बनाउने निर्णय गरेका छौं ।
क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य
प्रतिक्रिया