Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

सभामुखले बोलाए प्रमुख दलका सचेतकहरूको बैठक


ललितपुर । सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतकहरू र मुख्य सचेतकको बैठक बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा तय भएको सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । सरकारले ल्याएका अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् । बिहीबार संसद बैठक बस्ने भएकोले त्यसअघि दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् ।

कांग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे, एमालेमा महेश वर्तौला, माओवादीमा हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही प्रमुख सचेतक रहेका छन् ।


क्याटेगोरी : अड्डामा खोज मिसन, अन्तर्वार्ता, खेलकुद, खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार, भिडियो, विदेश, शिक्षा/स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode