शिव महापुराण ज्ञान महायज्ञमा युवा व्यवसायी शेखर महतले गरे सर्वाधिक रकम दान

ललितपुर । तिलेश्वरधाम धार्मिक महोत्सब–२०८२ को अवसरमा आयोजित शिव महापुराण ज्ञान महायज्ञमा दान रकम आउने क्रम जारी छ । युवा व्यवसायी शेखर महत एक्लैले १० लाख बढी रुपैयाँ दान गरेका छन् । गोदावरी नगरपालिका–५ लेले तिलेश्वर स्थित बैशाख ३ बाट जारी महायज्ञको अवसरमा दान गरेका हुन् ।
उनको तर्फबाट ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ दान रकम प्राप्त भएको हो । महतको दान रकम महायज्ञको हालसम्मको उच्च हो ।
महायज्ञको अवसरमा दान गर्न पाउँदा आफूलाई खुशी लागेको युवा व्यवसायी महतले बताए । साथै महायज्ञ प्रचारप्रसारका लागि चाहिने सम्पूर्ण इन्धनको समेत व्यवस्था उनले नै गरिरहेका छन् । धार्मिक तथा पर्यटकीय स्थलका साथै अन्य विकास निर्माण र सामाजिक कार्यमा विशेष महत्वका साथ सेवा भावले निरन्तर सहयोग गर्दै आएका छन् ।
त्यसैगरी उनका परिवारीक सदस्यहरु दाजु तथा नेपाल सरकारका बहालवाला उपसचिव रघुनाथ महतले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, अर्का दाजु तथा व्यवसायी जगन्नाथ महतले २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहितबाट १० लाख रुपैयाँ बढी दान प्राप्त भएको तिलेश्वरधाम संरक्षण तथा सुधार समितिका अध्यक्ष रघुनाथ थापाले जानकारी दिए ।
साथै उनले तिलेश्वरधाम संरक्षणका साथै सुधारका लागि दान गर्न सबैलाई आह्वान समेत गरेका छन् । बैशाख १३ गतेसम्म हुने महायज्ञमा भागवतमर्मज्ञ यशस्वी आचार्य श्री कपिल देव सुवेदीको प्रवचन भईरहेको छ ।
महायज्ञको प्रमुख उद्देश्य तिलेश्वरधामको लागि अक्षयकोष स्थापना गर्नु रहेको वडा अध्यक्ष मिलन सिलवालले जानकारी दिए । कोषको खर्च धामको विकासमा खर्च हुने उनको दाबी रहेको छ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया