Techie IT
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

तारकेश्वर नगरपालिका वडा स्तरीय फुटलब प्रतियोगिताको उपाधीका लागि नम्बर ३ र वडा नम्बर ११ भिड्ने


काठमाण्डौ । तारकेश्वर नगरपालिकाको खेलजगतको इतिहाँसमा नै पहिलो पटक प्रथम अन्तर वडा स्तरीय फुटलब प्रतियोगिताको आज सेमिफाइनलका खेल सम्पन्न भएको छ ।

तारकेश्वर नगरपालिकाको सहयोगमा समाजसेवा युवा क्लबको आयोजनामा तारकेश्वर नगरपालिका वडा नं ८ पिपलडाँडा फुटबल खेलमैदानमा जारी प्रतियोगिताको फाइनल २६ गते हुने छ । आज भएको सेमिफाइनलमा वडा नम्बर तीनले वडा नम्बर ४ लाई पेनाल्टी सुटआउटमा चार तीन गोलले पराजित गर्यो । दोस्रो सेमिफाइनलमा आयोजक वडा नम्बर ८ क लाई दुई शुन्य गोलले पराजित गर्दै वडा नम्बर ११ फाईनलमा पुगेको छ । फाइनल खेल २६ गते हुनेछ । खेलाडी उत्पादन गरेर राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको र त्यसका लागि पर्याप्त बजेटको व्यवस्था गरेको नगर प्रमुख कृष्णहरी महर्जनले बताए ।

आयोजक वडा नम्बर ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाले लामो समयदेखि तारकेश्वर नगरपालिकाभित्र खेल गतिविधि हुन नसकेकाले युवा खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।

१६ टिमको प्रतिष्पर्धा रहेको प्रतियोगिता असोज १५ गते सुरु भएको थियो । प्रतियोगितामा पहिलो टिमलाई रु ५० हजार र दोश्रो टिमलाई रु २५ हजार नगद पुरस्कार जित्ने छन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode