Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

रोहितको कप्तानीमा १८ सदस्यीय नेपाली टोली, सन्दिप बाहिर


काठमाण्डौ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ । १८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । उनी यसअघि घाइते थिए । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादब र अविनाश बोहरा पनि टोलीमा छन् ।

सन्दीप लामिछाने भने टोलीमा समावेश छैनन् । अदालतमा विचाराधीन मुद्दाको सुनुवाइमा ढिलासुस्ती गरिएको भन्दै उनले केही दिनअघि राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका थिए । सन्दीपको इच्छा अनुसार क्यानले उनलाई त्रिकोणात्मक सिरिजमा नराखेको हो । बुधबारदेखि सुरू हुने शृंखलामा यूएई र हङकङ पनि छन् । प्रतियोगिता विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको हो । लिग चरणका खेल मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि खेल मैदानमा हुने कार्यक्रम छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode