Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डको सम्मान, रंगशाला निर्माणको प्रतिबद्धता


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा नेपाली राष्ट्रिय टिमलाई सम्मान गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाएर प्रचण्डले सम्मान गरेका हुन् ।

त्यसक्रममा प्रचण्डले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन् । क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउँदै भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइने उनको भनाई थियो । प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका छन् ।

प्रधानमन्त्रीले भने, ‘सबैभन्दा पहिला तपाईंहरुलाई बधाई छ । तपाईँहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहनत गर्नुहोला। कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुन्छ। विश्वकपमा पनि तपाईँहरूले राम्रो गर्नुहोला ।’

कार्यक्रममा प्रचण्डले क्रिकेट खेलाडिलाई दिने भनेर घोषणा गरिएको पुरस्कारका बारेमा पनि बोलेका छन् । उनले भने–“हामीले घोषणा गरेको पुरस्कार वितरणमा अलि ढिलो भयो, मलाई पनि अलि नमिठो लागेको छ,’ प्रधानमन्त्रीले भने, ’हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरू छन् । त्यसले पनि ढिलो हुन गयो । आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ । टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ ।’

कार्यक्रममा नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरू उत्साहित भएको बताए ।

प्रधानमन्त्रीको सचिवालयले अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण गरिएको भने पनि कुन प्रतियोगिताका लागि घोषणा भएको कति रकम प्रदान गरियो भनेर स्पष्ट पारेको छैन ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode