Techie IT
  • २३ माघ २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

राष्ट्रिय टिमबाट नखेल्ने सन्दीप लामिछानको घोषणा


काठमाण्डौ । क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै लामिछानेले राष्ट्रिय टीमबाट अलग भएको घोषणा गरेका हुन् ।

उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् । उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन् । यसैबीच सन्दीप लामिछानेले आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि आग्रह गरेका छन् ।

यस्तै कम खेलमा नै १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाम बनेकामा खुसी व्यक्त गर्दै सन्दीपले कतिपय कठिन समयमा पनि देशका लागि खेलेको स्मरण गरेका छन् । उनले आफू काठमाडौँ अदालतबाट दोषी ठहर भएपनि न्यायका लागि फेरि माथिल्लो अदालतमा जाने समेत बताएका छन् । थोरै सजाय दिएकै कारण सन्दिप जेल बाहिरै बसेर मुद्दा लड्ने अवसर पाएका छन् । यदि ढेडि सजाय अर्थात ८ को ठाउँमा १२ भएको भए उनी जेल जानै पर्ने थियो ।

तर, अदालतले १० वर्ष भन्दा कम सजाय तोकि दिएसँगै सन्दिप जेल बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै उच्च अदालत जाने भएका छन् । २०७९ भदौ २१ गते गौशाला २६ ले प्रहरी वृत्त गौशालामा सन्दिपविरूद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । जसको ढेड वर्ष लामो बहसपछि बुधबार जिल्ला अदालत काठमाडौंले फैसला सुनाएको छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode