पृथ्वी खनालले ल्याए नयाँ गीत ‘नेपाल वल्र्ड कपमा’ (भिडियोसहित)
काठमाण्डौ । सशस्त्र प्रहरीका इन्स्पेक्टर तथा गायक पृथ्वी खनालले क्रिकेट खेललाई प्रोत्साहन गर्दै ‘नेपाल वल्र्ड कपमा’ ल्याएका छन् । खनालले अस्मिता अधिकारीसँग युगल गीत गाएका हुन् ।
गीतमा गायक खनालकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन शाहस शाक्यले गरेका छन् ।
पछिल्लो समय नेपाली क्रिकेटले राम्रो प्रदर्शन गर्दै सफलता हासिल गरिरहेको बेलामा खनालले थप हौसला दिन गीत तयार पारेका हुन् । नेपाल टी–ट्वान्टी एसिया कपको शीर्ष दुई भित्र पर्न सके आगामी वर्ष अमेरिका तथा वेष्ट इण्डिजमा हुने टी–ट्वान्टी वर्ल्ड कपको लागि नेपालले स्थान पक्का गर्नेछ ।
यो क्रिकेट गीत पृथ्वी खनाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=KcbWtVYjVGw
क्याटेगोरी : भिडियो
प्रतिक्रिया